Sunday, January 03, 2010
Sunday, November 29, 2009
ब्लगमा केहिपनि पोस्ट नभएको पनि ५ महिना???
ब्लगमा केहिपनि पोस्ट नभएको पनि ५ महिनापो पुग्न लागेछ त गाँठे! खासमा फोटो ब्लगिङ गरु भनेर शुरु गरेको , फोटोग्राफी सम्बन्धी ज्ञान नभए पनि रुचीले नै केही पोस्ट हरु गर्दै थिए एकपटक त क्यामरा नै फुटिहाल्यो त्यस पछि ब्लगमा पोस्ट गर्ने काम पनि केही समय बन्दनै भयो, अनि त्यसको केही समयपछि क्यनोनको एउटा डिएसएलआर क्यामरा किनेर ब्लगलाई सुचारु गर्ने काम सम्म भएको थियो, त्यो क्यामरा पनि कोठाबाटै चोरी भैहाल्यो, त्यस्पछी आज को दिन सम्म आइपुग्दा ब्लगमा पोस्ट नगरेको पनि ५,५ महिनापो भएछ। फोटो नभए पनि ब्लगमा केही लेखेर पोस्ट गरे पनि हुनेथियो, तर के गर्नु आफ्नो लेखाइ भनेको त्यस्तै हो, आँफैले लेखेको आँफैले पढ्यो भने लाजै लाग्ने खालको हुन्छ र पो त,त्यसैले पनि लेख्ने जागर नै चलेन। क्यामरा कसले चोरेछ भनेर आफ्नै किसिमले खोज्ने प्रयास पनि गरेको हो तर कहाँ भेट्टाउनु! कोठाबाट मेरै मात्रै क्यामरा चोरी हुनु नै पर्ने त ?कसरी यस्तो भयो?किन भयो त ? आँफैलाई नै थाहा छैन, कोठामा मेरो बाहेक साथीको पनि एउटा घडी पनि चोरी भएछ। शंकास्पद ब्यक्ती भनेको एउटा चाइनिज केटो केही दिन अघि आएको थियो, पैसा सपाटी माग्नलाई। त्यो चाइनिज केटोलाई शंका गर्ने ठाउँ प्रशस्तै छ, किनकी कलेज बाट केही समय अघि मात्रै रेस्टिकेट भएको केटो हो त्यो अनि पैसा सापटी माग्न आएको बेलामा टन्नै गाली पनि गरेर पठाएको हो तर यदि त्यसले चोर्ने नै हो भने त कम्प्युटर पनि थियो, आईपड पनि थियो,अनि अरु अरु समान पनि थियो, किन मेरै मात्रै त? आफ्नै नजिकको साथीहरु लाई शंका गर्ने कुरा पनि आएन,किनकी हामी बीच त्यस्तो केही पनि नराम्रो भएकै थिएन, जे भए पनि अचम्मै छ, अचम्म आज सम्म पनि लागिरहेको छ। अब जे जस्तो भए पनि फेरी ब्लग लाई चाँही कसरी निरन्तरता दिन सकिन्छ होला भन्ने कुराकै पिर छ, बसन्त दाईको हालसालैको पोस्टले भने जस्तै दुईवटा पोस्ट को बीचको अन्तराल सकेसम्म उत्तिकै राख्नु राम्रो हुन्छ भने जस्तै त्यसै गर्न सके त राम्रो हुने थियो, तर अब देखि सक्दो कोशिस गरि हेर्नु पर्यो। हुन त कोशिस गर्छु नै भएर केही महिना अघि आफ्नै डोमेन पनि लिएको थिए। झन त्यस पछी त ब्लग नै ठप्पै पो हुनु लाग्यो त। यो त भएन नि यार, अब देखि चाँही अली अली लेख्नु पर्यो। लेखाइमा नपुगेको कुराहररुमा चाँही यो ब्लग हेर्ने दाईहरु, साथी हरुको सल्लाह पाउने आशा छ। अब आज लाई चाँही यत्ति नै लेख्नु पर्यो।
1 comments Labels: info, Japan, ब्यक्तिगत, यत्तिकै
Tuesday, June 30, 2009
Tuesday, May 12, 2009
外国人による日本語弁論大会
「第50回外国人による日本語弁論大会」に、本学の学生が出場することになりました。 この大会は財団法人国際教育振興会の主催するもので、本戦の様子はNHKテレビでも放映され、外国人による弁論大会では日本でも有数の大きな大会です。今年は、記念すべき50回目でもあり、函館開港150周年を記念大会として函館市で本戦を開催します。 ラマ・カンチャさんは、またさまざまな学校行事や日本人学生との交流の中で、日本についての思いを深めてきました。以前から弁論大会には興味が深く、学内English Support Loungeの英語スピーチコンテストに出場した経験もあります。今回の出場に当たっては、昨年度出場したモビヌルさんが、いろいろとアドバイスしたとのことです。 本戦は5月30日に、北海道函館市(函館市民会館)で開催されます。 यस सम्बन्धी पोस्ट चाडै लेख्ने छु। अचेल फुर्सद कम् भएकोले लेख्नै पाको हैन
今回、出場が決まったのはラマ・カンチャさん(経営学科2年生・ネパール出身)。昨年度出場したMD・ホック・モビヌルさん(メディアコミュニケーション学科3年生)に続き、2連続の快挙です。
ラマ・カンチャさんは、およそ130人の応募者の中から選ばれた出場者12人のうち、10番目の登場です。当日は「日本への思い」というタイトルで、日本の農業から経済発展にまで話題を広げ、日本へのそして母国への思いを語ります。
Friday, April 17, 2009
एउटा कुरा
हिजो राती म साथीको कोठामा गएर फर्कदै थिए। आउने जाने बाटोको छेउमा अस्ति देखिनै एउटा बार बन्दै थियो । हिजो हेर्दा त सजाएर झिलिमिली पारेको रहेछ। अनि एक्छिन बार बहिर राखेको मेनु हेर्दै थिए। एउटा केटा निस्केर आयो। जापानिज बाट "आसिताकारा ओपुनिङ्गु देसु।"(भोली बाट खुल्दै छ) भनेर भन्यो। मलाई त्यो केटा हेर्दा खेरी नेपाली जस्तो जस्तो लाग्यो। मैले अङ्रेजीमा कहाँ बाट आको भनेर सोधे। अनि ईन्डिया बाट आको भनेर उत्तर दियो। अब सोध्ने पालो त्यस्को अनि भन्ने मेरो । मैले , नेपाल बाट आको भनेर भने। मैले नेपाल बाट आको भने पछी त्यो केटा त उसले ईन्डिया बाट आको भन्ने उत्तरलाई फेरेर म पनि नेपाली नै हो, तर ईन्डियामा जन्मेको पो भन्छ। खासमा त्यो केटा नेपाली नै रहेछ। हा हा हा , मलाई एक्लै हास पनि उठ्यो, रिस पनि उठ्यो। त्यो भन्दा नि मनमा कता कता नरमाइलो लागेर पनि आयो। हामी नेपालीहरु आफुलाई नेपाली हुँ भन्दा के हुन्छ र ? त्यो केटा ले किन त्यसरी आफ्नो पहिचाननै लुकाउनु परेको होला ? आफुलाई नेपाली भनेर ढाँटेर त के परिचय दिई भो र यार! यहाँ जापान सम्म आईपुगेको नि नेपाली पासपोर्ट प्रयोग गरेर नै त होला। ? यत्तीनै , लेख्न नि आएन ।।।
1 comments Labels: Japan, जापान, ब्यक्तिगत
Tuesday, April 14, 2009
नयाँ बर्ष २०६६ सालको हार्दिक मंगलमय शुभकामना !!!
नयाँ बर्ष २०६६ सालको यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना !!!







